|  

पीएम कपः गण्डकीलाई हराउँदै पुलिसकाे छैठौं जित

०६ चैत, काठमाडौं । जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबले लगातार छैठौं जित हात पारेको छ ।

आज सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । गण्डकी प्रदेशले दिएको ९३ रनको लक्ष्य पछाएको पुलिस क्लबले १६ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको गण्डकीले २३.२ ओभरमै अल आउट हुदै ९२ रन मात्र बनाएको थियो ।

जितसँगै पुलिस क्लबको ६ खेलमा १२ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै गण्डकीले भने ६ खेलमा पाँचौं हार बेहोरेको छ ।