|  

प्रहरी सहुलियत कर्जा ५ लाख पुर्‍याइयो

०६ चैत, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) दीपक थापाले पहिलो निर्णयको रुपमा सहुलित कर्जाको रकम बढाएका छन् ।

गृहमन्त्रालयमा आईजीको दज्र्यानी चिह्न लगाएपछि हिजो प्रहरी प्रधान कार्यालयमा पोलिसी कोओर्डिनेशन कमिटी (पीसीसी) बैठकमा बोलाएका थिए । प्रहरी नायव महानिरीक्षक (डीर्आजी)भन्दा माथिल्लो दर्जाका अफिसर रहेन पीसीसी बैठकमार्फत सहुलियत कर्जाको रकम बढाइएको हो ।

यसअघि प्रहरी कर्मचारीले पाउँदै आएको विशेष कल्याणकारी कोषअन्तर्गत सहुलियत कर्जाको रकम बढाएर पाँच पुर्‍याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेश आचार्यले जानकारी दिए । प्रहरीको कल्याण महाशाखाअन्तर्गत रहने कल्याण कोषबाट प्रहरी कर्मचारीहरुले विभिन्न सेवा-सुविधाहरु पाउँदै आएका छन् । यसअघिसम्म सहुलियत कर्जा भनेर प्रहरी कर्मचारीले ४ लाख रुपैयाँ कर्जा पाउँदै आएका थिए ।

थापा आईजी भएपछि मंगलबार बसेको पीसीसीको पहिलो बैठकले चार लाख कर्जालाई बढाएर ५ लाख रुपैयाँ पुर्‍याएको छ । त्यसैगरी यो कर्जा पाउन यसअघिसम्म ७ वर्ष प्रहरी सेवामा बिताएको हुनुपर्ने व्यवस्था थियो । उक्त व्यवस्थालाई समेत घटाएर ५ वर्षमा झारिएको छ । यो बाहेक अन्य विषयहरुलाई संशोधन गर्नुपर्ने भन्दै समिति गठन गर्नसमेत पीसीसीले निर्देशन दिएको छ ।