०६ चैत, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गय राति इजरायलले गाजा पट्टीमा हमास विरुद्धको आफ्नो लडाई पूर्ण शक्तिका साथ पुनः सुरु गरेको बताएका छन् ।
उनले यो त सुरुवात मात्र हो भनेर चेतावनी दिँदै एउटा भिडियो जारी गरेका छन् । आफ्नो बयानमा नेतान्याहूले इजरायली बन्धकहरूलाई रिहा गर्न हमाससँग वार्ता गर्ने प्रयास गरेको बताए । उनले हमासले हरेक पटक प्रस्ताव अस्वीकार गरेको आरोप लगाएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र सयौं घाइते भएको बताएको छ ।
जनवरी १९ मा युद्धविराम सुरु भएयता गाजामा यो सबैभन्दा ठूलो हवाई आक्रमण हो । गाजामा युद्धविराम बढाउने वार्ताहरू सहमतिमा पुग्न असफल भएका छन् ।