६ चैत्र, काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका भएका सहायक रथी रामप्रसाद अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधान सेनापति सिग्देलले उपरथी अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सोही अवसरमा प्रधान सेनापतिले प्राविधिक सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक महासेनानी मुकेश बाटाजुलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरे ।