०६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले राजतन्त्रलाई लिएर नआत्तिन आग्रह गरेका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउनेलाई नरोकेको बताए । उनले भने,‘गणतन्त्र आएको दुई दशकमा राजाले एकदिन पनि सरकार चलाउनेलाई आन्दोलन वा केही गरेर रोकेको छैन, हस्तक्षेप गरेको छैन । तैपनि किन हो ? कसो हो ? सबै आत्तिएको जस्तै देख्छु ।’
सिंहले पूर्वराजाले सरकारलाई बेलाबेलामा सुशास र जनतालाई राहत दिन आग्रह गरेर सन्देश दिएको बताए । तर, सरकारले सुध्रिने लक्षण नदेखिएपछि प्रजातन्त्र दिवसको अवसरमा राष्ट्र र जनता बचाउन एकपटक साथ दिन भनेको उनको भनाइ छ । सोही अनुसार फागुन २५ गते हजारौँ जनता ‘हामी साथ दिन्छौँ’ भनेर विमानस्थलबाट निर्मल निवास पुगेपछि पूर्वपश्चिम फर्कनेहरू एकतातिर फर्किएको बताए ।