|  

नवनियुक्त आवासीय राजदूत नेपालीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

०६ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा उनले सपथ लिएका हुन् । त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।