|  

स्ववियु निर्वाचनः मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

०६ चैत, काठमाडौं । रामेछापको सदरमुकाम मन्थली स्थित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएकाे छ ।

स्ववियुको अध्यक्षमा अनेरास्ववियुका सुशील थापाले २ सय ७ मत पाएर  निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेविसंघका विपुल रोकाले १ सय ५२ मत पाएका छन भने अखिल क्रान्तिकारीका अध्यक्ष पदका उम्मेदवार अनोज भुजेलले ६५ मत ल्याएका छन् ।

त्यस्तै, सचिवमा मुकेश भण्डारी र कोषाध्यक्षमा मसली तामाङ निर्वाचित भएका छन् । सचिवमा मुकेश भण्डारीले १ सय ८५ मत ल्याएर निर्वाचित हुँदा कोषाध्यक्षमा मसली तामाङले २ सय ३ मत ल्याएर निर्वाचित भएकी छन् । क्याम्पसका ५ सय ३१ मतदातामध्ये ४ सय २७ जनाले मतदान गरेका थिए । जसमा ३ मत बदर भएको छ।