|  

गाउँमा स्वास्थ्य बीमाको चेतना छैनः सांसद अमरेश

०६ चैत, काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूलाई स्वास्थ्य बीमाबारे केही पनि थाहा नभएको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन । उनले गाउँ–गाउँमा स्वास्थ्य बीमाको चेतना नभएको भन्दै राज्यले विभेद गरिरहेको आरोप लगाए । सांसद साहले भने, ‘मेरो गाउँको चमार, मुसरिया, पहाडका चेपाङ जो कमजोर तप्काको छ । जो सहर पस्न सकेको छैन । उसको छोराछोरीले पढ्न पाएको छैन । उसले स्वास्थ्य बीमाको लाभ कहिले पाउँछ ? यसको कुनै चेतना छैन । म एउटा पीएचडी गरेको सांसद हुँ, मलाई त थाहा छैन, स्वास्थ्य बीमा के हो ? भनेर । म सिधा कुरा बताउँछु ।’

उनले स्वास्थ्य बीमाबारे गाउँका कमजोर समुदायलाई केही थाहा नभएको जिकिर गर्दै सीमित वर्गमा मात्रै लाभ पुर्‍याउनेगरी राज्य लागेको आरोप लगाए ।