०६ चैत, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण शुल्क २ सय रुपैयाँभन्दा बढी लिन नपाउने भएको छ ।
बढी शुल्क लिएको गुनासो आएपछि क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले २ सय रुपैयाँभन्दा बढी लिन नपाउने निर्णय गरेको हो । समितिका संयोजक महामन्त्री गगन थापा रहेका छन । समितिका केन्द्रीय सदस्यहरूमा सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) रहेका छन ।
समितिको बैठकमा क्रियाशील सदस्यता नवीकरणमा देखिएको विवाद समाधानबारे पनि छलफल भएको छ । क्रियाशील सदस्यता नवीकरण शुल्क २ सय रुपैयाँ कायम गर्ने निर्णय भएको भन्दै महामन्त्री थापाले क्रियाशील सदस्यता वितरणसम्बन्धी विषयमा गहन विमर्श र छलफल भएको बताए ।