०६ चैत, काठमाडौं । ताप्लेजुङस्थित पाथीभरा केबुलकार निर्माणको विरोधमा रहेको समूहले आज काठमाडौंमा सिंहदरबार घेराउ गरेको छ ।
मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मुक्कुमलुङ संरक्षण भन्दै सिंहदरबार घेराउ गरेको हो । आज सिंहदरबार वरिपरी ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।