०६ चैत, काठमाडौं । नेपाली यू-१९ फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यू-१९ च्याम्पियनसिपका लागि टिम छनोट गर्न ५८ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार प्रशिक्षक उर्जनले आज ५८ जना खेलाडीलाई अन्तिम छनोटका लागि बोलाएका हुन । अब ५८ जना खेलाडीबाट नेपालको अन्तिम टोली छनोट गरिने छ । छनौट चैत १० देखि १२ गतेसम्म ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संचालन हुनेछ । राष्ट्रिय टोलीको छनोटमा परेका सबै खेलाडीलाई उपयुक्त फुटबल किटसहित चैत १० गते आइतबार बिहान ८ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न समेत एन्फाले अनुरोध गरेको छ ।
साफ यू-१९ च्याम्पियनसिप २०२५ आगामी मे मा भारतमा हुनेछ ।