०६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी र समानुपातिक आधारमा बनेकाले अहिलेको संविधान राम्रो रहेको धारणा राखेका छन् ।
कांग्रेसको संविधान संशोधन सुझाव प्रतिवेदन बुझेपछि बोल्दै उनले यो संविधानअनुसार कुनै पार्टीको बहुमत आउन गाह्रो रहेको बताए । उनले भने, ‘अहिले कुनै पार्टीको एकल बहुमत आउन गाह्रो छ । त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने अवस्था छ । त्यसैले हाम्रो पार्टी अहिले सबैभन्दा ठूलो पार्टी बनेको छ, तर बहुमत प्राप्त गर्न सकेको छैन । पार्टीको दोषभन्दा पनि संविधान यस्तो छ कि धेरै गाह्रो छ । त्यो गाह्रोलाई पनि बुझेर हामीले बहुमत ल्याउने प्रयास गर्नुपर्छ ।’