बिहिवार ७ चैत्र, २०८१  | Thursday 20 March, 2025 

त्रिवि विश्वविद्यालयको स्ववियु निर्वाचन रोक्न उच्च अदालतको आदेश

०६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचन रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आज न्यायाधीश डालकुमार खड्काको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अन्तरिम आदेश जारी हुनुपर्ने वा नपर्ने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बिहीबार बोलाइएको छ । त्यतिञ्जेलका लागि चैत ३ गते प्रकाशन गरेको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न अदालतले आदेश दिएको हो । त्रिविमा स्ववियु निर्वाचन शुक्रबार हुने तालिका थियो ।