बिहिवार ७ चैत्र, २०८१  | Thursday 20 March, 2025 

अमेरिकी दूतावासले भन्यो- कानुन उल्लंघन गरेको पाइए देश निकाला गछौँ

०६ चैत, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नियम उल्लंघ गरे भिसा रद्द गरी देशबाट निष्कासन गर्ने चेतावनी दिएको छ ।

भिसा जाँचको क्रम नरोकिने भन्दै दूतावासले अमेरिकी कानुन उल्लंघन गरे देशबाट निष्कासन गर्ने चेतावनी दिएको हो । अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम नरोकिने दूतावासले जनाएको छ । अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना भइरहेको सुनिश्चित गर्न निरन्तर रूपमा भिसावाहकहरूको जाँच गर्ने दूतावासले जनाएको हो । दूतावासले भनेको छ, ‘अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन । सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छने भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसावाहकहरूको जाँच गछौँ । यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौँ ।’