६ चैत, काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन धेरै गाह्रो रहेको बताएका छन ।
बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन ।
संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन गाह्रो भएकाले अर्को पार्टीसँग मिल्नुपर्ने अवस्था रहेको बताए । यसमा पार्टीको दोष नभइ संविधान नै त्यस किसिमको रहेको बताउनु भयो । यसलाई बुझेर काँग्रेसले बहुमत ल्याउने प्रयास गर्न जरुरी रहेको बताए । उनले अहिलेको संविधान धेरै राम्रो रहेको बताए । उनले मावेशी, समानुपातिकताका आधारमा बनेको संविधान भएकाले यसलाई बचाइराख्नुपर्ने बताए ।
सभापति देउवाले भने, ‘अहिलेको संविधान अत्यन्तै राम्रो संविधान छ । यसमा समावेशी, समानुपातिकताका आधारमा बनेको संविधान छ । यस संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ । त्यसकारण कुनैपनि पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ । त्यसैले हाम्रो पार्टीले मेहनतका बाबजुत सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर बहुमत ल्याउन सकेको छैन । पार्टीको दोष भन्दा पनि संविधान नै यस्तो किसिमको छ । धेरै कारण छन् । यसलाई बुझेर बहुमत ल्याउने प्रयत्न गर्नुपर्छ ।’
सभापति देउवाले नेपालको गाउँपालिकाहरुमा प्रमुख वा उपप्रमुखमध्ये एकमा महिला अनिवार्य नै भएको बताए । महिलालाई प्रत्यक्ष राजकीय प्रशासनमा प्रत्यक्ष सहभागी हुने मौका प्राप्त भइरहेको बताए । महिलाले अधिकारका लागि मात्रै नभइ जिम्मेवारीकासाथ काम गर्नुपर्ने बताए ।