|  

पीएम कप : आर्मीमाथि मधेश प्रदेशको रोमाञ्चक जित

६ चैत, काठमाडौं ।  जारी पीएम कप अम्राजित रहेको त्रिभुवन आर्मी क्लबमाथि मधेश प्रदेशले रोमाञ्चक जित हासिल गरेको छ ।  देउखुरी क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा मधेश प्रदेशले आर्मीमाथि ३ विकेटको जित हासिल गरेको हो । 

आर्मीले दिएको २१८ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ४८ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

मधेशको जितमा कप्तान अनिल शाहले सर्बाधिक ४५ रन बनाए भने रुपेश सिंहले अविजित ३८ रन बनाएका थिए ।  त्यस्तै हरिशंकर शाह र पवन सराफले ३७-३७ रन बनाएका थिए । 

त्यस्तै आर्मीका बलर नरेन साउदले ३ तथा सोमपाल कामी र बसिर अहमदले २-२ विकेट लिएका थिए । 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको आर्मीले भिम सार्कीको ८९ रनको मद्धतले ५० ओभरमा ७ विकेट गुमाउदै २१७ रन बनाएको थियो ।