|  

संवैधानिक नियुक्तविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को पेशी वैशाख ३ गते

०६ चैत, काठमाडौं । विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ जना पदाधिकारीविरुद्धको रिटमा अब वैशाख ३ गते सुनुवाइ हुने भएको छ ।

आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भएपनि हेर्दाहेर्दैमा राखेर वैशाख ३ गतेका लागि अर्को पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, सम्रित खरेल, कीर्तिनाथ शर्मा पौडेललगायतले ५२ जना पदाधिकारीको नियुक्ति असंवैधानिक रहेको जिकिरसहित पदमुक्त हुनुपर्ने माग राखेर रिट दायर गरेका हुन । सो रिट लामो समयदेखि सर्वोच्चमा विचाराधीन अवस्थामा छ ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका संवैधानिक निकायका पदाधिकारीहरू आफ्नो कार्यकालको अन्तिम चरणमा छन् ।