|  

राजतन्त्र पुनःस्थापनाको बहस निरर्थकः शक्तिबहादुर बस्नेत

६ चैत, काठमाडोैं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले इतिहासमा सीमित भएको राजतन्त्रको विषयमा संसदमा बहस हुनुले संविधानमाथि चोट पुगेको बताएका छन्र । 

बुधवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले जनतामा निहित सार्वभौम अधिकारलाई जन्मसिद्ध अधिकारको आधारमा राजसंस्थालाई बुझाउनुपर्ने भनी भएको बहसले संविधानमा चोट पुगेको बताएका हुन । उनले संविधानमा व्यवस्था भएको जनतामा निहित सार्वभौमसत्ता परिवर्तन हुन नसक्ने जिकिर गरे । नेपालमा लोकतन्त्र र राजतन्त्र सँगै जान नसक्ने निचोडका साथ आफ्नो पार्टीले २०४८ सालमा निर्णायक आन्दोलन घोषणा गरेको र दश वर्षे जनयुद्ध त्यसैका लागि भएको दाबी गरे । २०५९ सालको राजा ज्ञानेन्द्रको कदमपछि तत्कालिन संसदमा भएका दलहरु लोकतन्त्रका लागि राजतन्त्र वाधक भएको निर्णयमा पुगेको उनको भनाइ छ । उनले सात दल र माओवादीसहितको सहकार्यमा गणतन्त्र स्थापना भएकाले अब पुनः राजतन्त्र स्थापना हुनुपर्ने भन्ने विषयमा भएका बहस निरर्थक रहेको आशय व्यक्त गरे ।

उनले भने, ‘हाम्रो संविधानको व्यवस्था जनतामा अन्तर्निहित सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिको अखण्डता । यी विषयहरु संविधानका अपरिवर्तनीय विषय बस्तु हुन् । जनतामा निहित सार्वभौतसत्तालाई खण्डित गरेर कसैको जन्मसिद्ध अधिकारकै आधारमा जनतामा अन्तरनिहित सार्वभौम अधिकारलाई बुझाइ दिने पु¥याइ दिने ढंगले संवैधानिक निकायभित्र बहस हुनु र जुन रुपमा बहस भइरहेको छ त्यसले हाम्रो संविधानमाथि कही चोट पु¥याइ राख्या छ  । हामीले ०४८ सालदेखि नै भनेका थियौँ कि लोकतन्त्र र राजतन्त्र नेपालको कन्टेक्समा सँगै जान सक्ने विषय होइनन् । सँगसँगै जाँदैनन् भनेर नै हामीले सामन्तवात विरुद्ध निर्णायक संघर्षको घोषणा ग¥या हो । जनयुद्ध भन्या राजतन्त्र विरुद्धको निर्णायक आन्दोलनको घोषणा थियो । पछि त्यो कुरा त्यति बेला संसदमा रहेका पार्टीहरुले अर्को ठक्कर खाइसकेपछि ०५९ सालपछि उहाँहरु पनि ०६२ सालसम्म आउँदा एउटा निष्कर्षमा पुग्नुभयो कि नेपालको लोकतन्त्रका लागि सबैभन्दा बाधक भनेको राजतन्त्र नै हो भन्ने निष्कर्षमा उहाँहरु पुग्नुभयो र माओवादीसँगको सहकार्यमा आइपुग्नुभयो । र ०६३ सालको संयुक्त जनआन्दोलन भएको हो ।’
उपमहासचिव बस्नेतले वर्तमान सरकारले आफ्नो औचित्य पुष्टि गर्न नसकेको भन्दै आफ्नै कारणले सरकार ढल्ने अवस्थामा पुगेको बताए । उहाँले सरकार परिवर्तन गर्ने खेलमा आफ्नो पार्टी नलागेको दाबी गरे ।