|  

आजदेखि एसइई सुरु

७ फागुन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)आजदेखि सुरु हुँदैछ ।

देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एक साथ  बिहान ८ बजेदेखि एसइई आरम्भ हुन लागेको हो ।

परीक्षाको पूर्व निर्धारित तालिकाअनुसार पहिलो दिन परीक्षार्थीले अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा दिँदै छन् ।

यो वर्ष माध्यमिक शिक्षा परीक्षा एसईईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुन लागेको बोर्डले जनाएको छ ।