७ फागुन, काठमाडौं । एसईईमा मोबाइल र स्मार्टवाच लान निषेध गरिएको छ ।
अनुगमनका क्रममा नियन्त्रणमा लिइएका मोबाइल सामग्रीहरूको सम्बन्धमा शिक्षा ऐन २०२८ को दफा १७ (१ क) (च) मा परीक्षाको मर्यादा भंग हुने कुनै कार्य गरेमा दफा १७ (१ क) अनुसार कारबाही हुने परीक्षा बोर्डले जनाएको छ ।
यस्तै क्यालकुलेटर प्रयोग गर्नुपर्ने विषयहरूको परीक्षामा पनि साधारण क्यालकुलेटर मात्र प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।
यस्तै साइन्टिफिक क्यालकुलेटर प्रयोग गर्नै पर्ने अवस्था आएमा सञ्चित गरिएको सम्पूर्ण डाटा हटाएर मात्र प्रयोग गर्न पाइने भएको छ ।