|  

सुस्तमनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

७ फागुन, काठमाडौं । कैलालीमा सुस्त मनस्थितिकी एक किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा १६ वर्षीय किशोरी पक्राउ परेका छन् ।

बुधबार साँझ साढे ४ बजे कैलारी गाउँपालिका–८ बस्ने किशोरले १५ वर्षीया मानसिक रूपमा सुस्तमनस्थितिकी किशोरीलाई जबर्जस्तीकरणी गरेको भन्दै खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको हो ।पीडित किशोरीलाई स्वास्थ परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ ।