|  

पप गायक सुगमको नयाँ गीत ‘निलो गहिरो’ बजारमा

०७ चैत, काठमाडौं । पप गायक सुगम पोखरेलको नयाँ गीत ‘निलो गहिरो’ सार्वजनिक भएको छ ।

उनको नयाँ गिती संग्रह ‘नवमी’ मा रहेको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । शब्दमा नरेश देव पन्त सघाएको गीतमा सङ्गीत सुगम आफैंले भरेका छन । दिनेश थापा काजीले इलामका रमणीय ठाउँमा खिचेको भिडियोमा सुगम लगायत यांजी गुरुङ, सोनी तुम्बाहाम्फे, रेजिना श्रेष्ठ, यालुंग हाङ्ग राई र कुन्सांग राई फिचर्ड छन् । उक्त भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।