०७ चैत, काठमाडौं । कोशी प्रदेशको हिउँदे अधिवेशन आज रातिदेखि अन्त्य हुँदैछ ।
कोशीका प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम ७ चैतको मन्त्रिपरिषद् सिफारिसमा आज राति १२ बजेदेखि चालु छैटौं अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन । प्रदेश प्रमुखको कार्यालयले सूचना जारी गर्दै आज रातिदेखि अधिवेशन अन्त्य हुने जनाएको छ ।