|  

स्वस्थ रहनका लागि खेलकुद आवश्यकः सभापति देउवा

०७ चैत, काठमाडाैं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ रहनका लागि खेलकुद आवश्यक रहेको बताएका छन्।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको खेलकुद विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले खेलकुद क्षेत्रलाई काँग्रेसल अझ अघि बढाउनुपर्ने बताउँदै खेलकुद क्षेत्र राष्ट्रकै लागि महत्वपूर्ण रहेको धारणाा राखे । उनले स्वस्थ शरीरले मात्रै स्वस्थ मन र मानसिकता तयार पार्ने भएकाले स्वस्थ शरीर आवश्यक रहेको बताए । उनले भने, ‘खेलकुद क्षेत्र राष्ट्रकै लागि महत्वपूर्ण छ । यसलाई हाम्रो पार्टीले अझ अगाडि बढाउनेछ । स्वस्थ शरीरले मात्रै स्वस्थ मन र मानसिकता तयार पार्दछ । त्यसैले स्वस्थ शरीर आवश्यक छ । स्वस्थ रहनका लागि खेलकुदको आवश्यक छ । खेलकुदले स्वस्थ राख्नुका साथै दिमाग र मानसिकता ताजा बनाइरहन्छ । यस्ता कार्यक्रमहरुले खेलाडीहरुको मनोबल बढाउँछ, खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिनेछ ।’ 

सभापति देउवाले खेलकुद क्षेत्रको विचार विमर्शले आगमी दिनमा खेल क्षेत्रको नीति नियम बनाउन मद्दत पुग्ने जिकिर गरे ।