०७ चैत, काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समतामूलक समाज निर्माणका लागि संघीयता उपयुक्त राज्य प्रणाली भएको दाबी गरेका छन् ।
आज काठमाडौंमा आयोजित ‘चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार’ विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले संघीय राज्य संरचनामार्फत आदिवासी तथा जनजातीहरुको आर्थिक, सांस्कृति तथा सामाजिकि स्तर माथि उकास्न सकिने बताए । वर्गीय, क्षेत्रीयलगायत सबै किसिमका असमानता हटाउन संघीयता अभ्यासको उपयुक्त थलो भएको उनको भनाइ छ । उनले पिछडिएका तथा सिमान्तकृत वर्गलाई नीति निर्माण तहका साथै राज्यका विभिन्न निकायमा पुग्न संघीय संरचनाले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
मन्त्री गुरुङले राष्ट्रिय एकता बलियो बनाउन संघीयता आवश्यक भएको बताए । संघीयता नबुझ्नेहरुले संघीयतालाई देश टुक्र्याएको भन्ने गरेको उनको भनाइ छ ।