|  

पीएम कप क्रिकेटमा आज तीन खेल हुँदै

८ चैत्र, काठमाडौं ।  प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् ।

एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश, कर्णाली र मधेश प्रदेशसँगै आज गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो ।

एपिएफ र सुदूरपश्मिको खेल सिद्धार्थनगरमा हुँदैछ भने कर्णाली र मधेश भैरहवाको एक्सा ओभल मैदानमा भिड्नेछन् । अर्को खेलमा आर्मी र गण्डकी प्रदेश कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आम्नेसाम्ने हुँदैछन् । तीन वटै खेल बिहान ९ बजे सुरु हुनेछन्।