८ चैत्र, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय नै खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
बिहीबार ह्वाइट हाउसको पश्चिमी कोठाम उनले वरिपरि विद्यार्थीहरूलाई राखेर शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । उनले शिक्षा विभागले पैसा मात्रै धेरै खर्च गरेको तर परिणाम चित्तबुझ्दो नभएकाले यसलाई राखिरहन उचित नहुने बताउँदै खारेजीको प्रक्रिया अगाडि बढाउन शिक्षा मन्त्री लिन्डा मिकमेहनलाई निर्देशन थिए।ट्रम्पले मन्त्री मिकमेहनलाई पनि राजीनामा दिन सुझाए ।
अमेरिकाका १ लाख सामुदायिक ३४ हजार निजी विद्यालयको निरीक्षण मन्त्रालयले गरिरहेको छ । ती विद्यालयको स्तरोन्नतिदेखि शिक्षकहरूलाई तलब, असामान्य विद्यार्थीहरूलाई सहायता पनि मन्त्रालयले नै गर्दे आइरहेको थियो ।
मन्त्रालय बन्द गराउने निर्णयले शैक्षिक ऋण लिएर पढेका, कलेज फि तिर्न नसक्ने र शारिरीक अपांगता भएका विद्यार्थीहरूलाई मर्का पर्ने बताइएको छ।