|  

स्वर्णलक्ष्मीसँग सम्बन्धित मुद्दाको आदेशविरुद्ध उच्च अदालत जाँदै रवि लामिछाने

८ चैत्र, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछाने पाटन उच्च अदालत जाने भएका छन् । 

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्न लामिछाने आज बिहान ११ बजे पाटन उच्च अदालत जाने भएका हुन् ।

लामिछानेले कालीमाटीको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे भएको सुनुवाइमा आफ्नो सहमति नभएको बयान दिएका छन् ।