८ चैत्र, काठमाडौं । सुनसरीमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन् ।
बिहीबार दिउँसो साढे ४ बजे सुनसरी गढी गाउँपालिका- ४ मा रहेको शोभा जेनियल इङलिस स्कुलको ग १ प १३८१ नम्बरको बस छिटाहास्थित चिमडी औराबनी भित्री सडक खण्डमा नहरमा खसेको थियो ।
विद्यार्थीलाई घर पुर्याउन गएको बस दुर्घटना हुँदा १४ जना विद्यार्थी सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते सबै बर्जु गाउँपालिका– ६ का विद्यार्थीहरु हुन् । बसमा ३५ विद्यार्थी सवार थिए ।