|  

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति यादवलाई प्रचण्डको फोन

८ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा विजयी भएका अखिल क्रान्तिकारी उम्मेदवार रोहित यादवलाई फोन गरेर बधाई दिएका छन् ।

महेन्द्र मोरङमा चुनाव जितेर इतिहास रचेको भन्दै प्रचण्डले फोन गरेर बधाई दिएका हुन् ।प्रचण्डसँगको टेलिफोन सम्वादमा रोहितले प्रचण्ड मोरङमा प्रवेश गरेकै दिन आफूलाई जितको महसुस भएको बताएका थिए ।

हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानका क्रममा प्रचण्ड गत फागुन १४ गते महेन्द्र मोरङ क्याम्पसमा पनि पुगेका थिए । ‘जे होस् एउटा हिस्ट्री बन्यो, महेन्द्र मोरङको अध्यक्ष जित्ने भनेको एउटा इतिहास रच्नु हो,’ प्रचण्डले भनेका छन्, ‘देशभरि एउटा निकै राम्रो सन्देश गइसक्यो, अब हामी भोलि धेरै राम्रो गर्न सक्छौं ।’