आइतवार १३ जेष्ठ, २०८२  | Sunday 25 May, 2025 

विराटनगरमा आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरी घाइते बनाउने युवक पक्राउ

८ चैत्र, काठमाडौं ।  विराटनगरमा आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाउने युवक पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–२ दुर्गा चोकका सक्षम सापकोटालाई प्रहरीले नेपाल–भारत सीमानजिकबाट पक्राउ गरेको हो । सापकोटाले आफ्नै घरमा काम गर्दै आएका विराटनगर–१ का ५७ वर्षीय रमेश गुप्तालाई बिहीबार राति घाँटीमा खुकुरी हानेर भारतको जोगबनीतर्फ भाग्न लागेका थिए ।

जोगबनी जानै लाग्दा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।घाइते गुप्ताको चिन्ताजनक अवस्थामा नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ