८ चैत्र, काठमाडौं । सातको कारोबारको अन्तिम दिन आज (शुक्रबार) आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ हजार रुपैयाँले घटेको हो । जसअनुसार आज छापावाला सुन नेपाली बजारमा १ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी आज चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।