|  

पीएम कपमा त्रिभुवन आर्मीको छैटौं जित 

०८ चैत, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले छैटौं जित निकालेको छ ।

आज देउखुरीमा भएको खेलमा आर्मीले गण्डकीलाई ६ विकेटले हराएको हो । गण्डकीले दिएको ११७ रनको लक्ष्य आर्मीले २६.५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्‍यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकीले ३०.३ ओभरमा अलआउट हुँदै ११६ रन बनाएको थियो । आर्मीले ७ खेल खेल्दा ६ खेल जितेको छ । गण्डकी भने समान खेलबाट २ जित मात्र निकाल्दै फाइनल होडबाट बाहिरिसकेको छ ।