|  

इन्डोनेसियामा ज्वालामुखी विस्फोटः खरानीको बाक्लो मुस्लो उडिरहेकाले सर्तक रहन चेतावनी

०८ चैत, काठमाडाैं । फ्लोरेस टापुको दक्षिणपूर्वी भागमा अवस्थित इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोटले ८ किलोमिटर भन्दा बढी क्षेत्रको हावामा खरानी उडेको छ ।

जसकारण सो आसपासबाट हुने उडानहरू अवरुद्ध गरेको छ भने स्थानिय बासिन्दा र पर्यटकहरूको लागि उच्च स्तरमा आपतकालीन चेतावनी दिइएको छ । इन्डोनेसियाको सेन्टर फर ज्वालामुखी र भूगर्भीय प्रकोप न्यूनीकरणले आज स्थानीय र आगन्तुकहरूलाई विष्फोटको दक्षिणपश्चिम र उत्तरपूर्वी क्षेत्रहरूमा ७-८ किलोमिटर दायरा भित्र कुनै पनि गतिबिधि नगर्न भनेको छ । 

नजिकैका गाँउहरूमा क्षतिको कुनै तत्काल रिपोर्ट छैन । तर एजेन्सीले बासिन्दाहरूलाई भारी वर्षाको कारण ज्वालामुखी माटोको बहावबाट हुन सक्ने सम्भावित चेतावनी दिइएको छ । ठुलो ष्फोटले देशको भौगोलिक एजेन्सीलाई ज्वालामुखीको सतर्कता स्तरलाई चार स्तरीय प्रणालीको उच्चतममा मापन गरिएको छ ।