|  

स्वास्थ्य मन्त्रालयले १४ वटा अस्पतालमा १८ वटा सेवा सुविधा थप्ने

८ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनामा ‘स्वास्थ्य सेवा बिस्तार’लाई अभियानको रुपमा थालनी गरिएको जनाएको छ ।

शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

मन्त्रालयले चैत महिनाभर प्रतिष्ठान र संघीय अस्पतालहरुमा सेवा विस्तार योजनाअन्तर्गत १४ वटा अस्पतालमा १८ वटा विभिन्न सेवा तथा सुविधा थप गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनले नसर्ने रोगहरूको पहिचानका लागि मन्त्रालयले शुरु गरेको एक महिने अभियान सम्पन्न भइसकेको जानकारी दिए ।

वीर आपतालमा चैत दोस्रो सातादेखि काठमाडौं महानगरपालिकाको सहयोगमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ जाँच सेवा गरिने जानकारीसमेत दिए ।

पक्षघातको औषधि एक वर्षसम्मको लागि प्राप्त भएको मन्त्रालयको दाबी छ ।