०९ चैत, काठमाडाैं । काभ्रेको धुलिखेलमा एक पुरुष मृत भेटिएका छन् ।
आज बिहान २ः४५ बजेतिर काभ्रे धुलिखेल नगरपालिका वडा नं ७, घिसिङ डाँडा डम्पिङस्थित अरनिको राजमार्ग सडक किनारामा नामथर नखुलेको अन्दाजी ६०/६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार फेला परेको उक्त शवको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि धुलिखेल अस्पतालको शवगृहमा राखिएको छ ।
उक्त शवको पहिचान हुन नसकेको र कोही कसैले हराएको भनि निवेदन पेश गरेको वा चिनेको भए प्रहरीसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।