०९ चैत, काठमाडौं । चितवनको खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले बच्चा पाएकी छन ।
गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएको केन्द्रका प्रमुख मणिपुरण चौधरीले जानकारी दिए । छावाको नामकरण बाह्रौँ दिनमा गरिने जानकारी दिँदै उनले केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती रहेको बताए । हाल प्रजनन केन्द्रमा नौवटा ढोइ छन भने १० वटा छावा छन । तीमध्ये छ वटाले तालिम पाइसकेका छन् । तालिम लिएका ४ भाले र २ पोथी हुन । बाँकी ४ वटा बच्चामध्ये एउटा पोथी हो भने अरू भाले हुन ।