|  

पूर्वराजा शाहद्धारा गोरखकाली मन्दिरमा पूजाअर्चना 

९ चैत्र, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखामा रहेको गोरखकाली मन्दिरमा पूजाआजा गरेका छन् ।

आज बिहान १० बजे गोरखा दरबार पुगेका उनले दरबारको अवलोकन गर्नुका साथै मन्दिरमा पूजाआजा गरेका हुन्।पूर्वराजा शाह बिहान ९ बजे आबुखैरेनीबाट मोटरसाइकल र्‍यालीसहित त्यहाँ पुगेका थिए ।

उनले दुई घण्टासम्म पूजाआजा गरेका थिए। उनलाई त्यहाँ शिवसेना तथा उनका समर्थकहरूले स्वागत गरेका थिए।