|  

कांग्रेस नेता माथवरसिंह बस्नेतको निधन

९ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ ।

७९ वर्षीय बस्नेतको आज बिहान निधन भएको हो ।भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई गत बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको हो ।

उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने छ ।गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा सक्रिय उनी हाल गणेशमान सिंह स्मृति बाटिकाका समेत अध्यक्ष थिए ।पछिल्लो समय नेपाली कांग्रेस भक्तपुरको राजनीतिमा सक्रिय बस्नेत २०१७ सालदेखि राजनीतिमा होमिएका थिए ।