|  

नारायणहिटी दरबार अगाडि राजावादीहरूकाे प्रदर्शन !

०९ चैत, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि राजावादी समूहले प्रदर्शन गरेका छन ।

आज दिउँसो उनीहरूले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन । उनीहरूको प्रदर्शन हुने भएपछि सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । प्रदर्शनमा सहभागीहरूले पूर्वराजा ‘ज्ञानेन्द्र शाहलाई पुनः एकपटक राजा घोषणा गरौं’ नारा लेखिएको ब्यानर बोकेका छन् ।