|  

लोकतान्त्रिक गणतन्त्रमा समाजले धेरै फड्को मारेको छः उपप्रधानमन्त्री सिंह

०९ चैत, काठमाडाैं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पछि समाजले धेरै फड्को मारेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षाको स्थिति पनि विगतको भन्दा देशमा धेरै नै राम्रो रहेको बताए । उनले नेपालको शिक्षामा गुणस्तरीयता नरहेको कतिपयले भन्ने गरेको भएपनि त्यसमा सत्यता नरहेको बताए । उनले सबैले सकारात्मक सोच राखेर अघि बढ्ने हो भने सफलता हाँसिल हुने दाबी गरे ।

उपप्रधानमन्त्री सिंहले भने, ‘नेपालको एजुकेसन जुन सिस्टममा एकथरी भन्छन्, एजुकेसमा क्वालिटी छैन भनेर हल्ला गरिरहेका छन् । वास्तवमा हामीले बुझ्नुपर्ने भनेको के हो भने नेपालमा पनि राम्रा एजुकेसन इन्स्टिच्युटहरु बनिसकेको छ भन्नेकुरा प्रमाणित केले गर्दछ भने ह्वाइट हाउस फाउण्डेशनको २५ औं वार्षिकोत्सवले गर्दछ । समयको मागबमोजिम चल्नु नै एजुकेसन दिनु नै ठूलो कुरा हो । नेपालको राजनीतिक परिवर्तन हामीले देख्यौँ । डेमोक्रेटिक आइसकेपछि अटोक्रेटिक सिस्टम भन्दा डेमोक्रेटिक सिस्टममा सोसाइटले धेरै फड्को मारेको छ । एजुकेसनकै कुरा गर्दा ६० वर्ष अघिको नेपालको एजुकेसको स्टाटस र अहिलेको स्टाटसमा धेरै परिवर्तन आएको छ । हेराईमा सकारात्मक कुरा राखेर काम अघि बढाएको खण्डमा राम्रो हुन्छ ।’

उपप्रधानमन्त्री सिंहले अहिले पाएका अवसर सदुपयोग गरेर अघि बढ्नु नै सबैका लागि हितकारी हुने जिकिर गरे ।