०९ चैत, काठमाडाैं । जलवायु परिवर्तन र यसबाट हुने असरका बारेमा जनचेतनामुलक कार्यक्रमका लागि सरकार र ट्रेड युनियन संघ संस्थाबीच सहकार्य गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
आज ललितपुरमा संयुक्त ट्रेड युनियन केन्द्र (जेटियुसिसी) ले आयोजना गरेको ‘नेपाली श्रम बजारमा जलवायु परिवर्तन र न्यायिक रुपान्तरणका मुद्दाहरु’ विषयक कार्यक्रममा जलवायु परिवर्तनको पहिलो असर श्रम क्षेत्रमा पर्ने भएकाले जनचेतानामुलक कार्यक्रम गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसीका अध्यक्ष जगतबहादुर सिम्खडाले जलवायु परिवर्तन रोकथाम र न्यायीक रुपान्तरणका लागि ट्रेड युनियन संगठनहरुबीच अन्तरआवद्धता हुनुपर्ने बताए । उनले जेटियुसिसीभित्रका संगठनको संयन्त्रमार्फत योजनवद्ध ढंगले अगाडि बढ्नु पर्ने बताए । जलवायु परिवर्तनले श्रम बजारमा पु¥याएको असरका बारेमा सरकार, रोजगारदाता जेटियुसीसी तथा सरोकारवालाहरुबीच समन्वय समिति निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले जलवायु परिवर्तनबाट हुने असर र क्षतिमा मजदुरहरु प्राथमिकता नपर्ने गरेको गुनासो गरेका छन्। उनले मजदुरलाई सरकारले गर्ने व्यवहार त्रुटिपूर्ण रहेको बताए । उनले जलवायु परिवर्तनका असरबाट मजदुरहरुलाई बचाउन सबैले सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिए ।
नेपाल ट्रेड युनियन काँग्रेस (एनटियुसी) का अध्यक्ष योगेन्द्रकुमार कुँवरले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि सरकारी संरचनाले मात्रै नपुग्ने बताए । उनले ट्रेड युनियन संगठनहरुले छुट्टै संरचना निर्माण गरी रणनीतिक कार्यान्वयनमा जानुपर्ने बताए ।
दक्षिण एशियाली क्षैत्रीय व्यापार संघ परिषद् (एसएआरटियुसी) का महासचिव लक्ष्मण बस्नेतले गाउँमा जीविकोपार्जन गर्न नसकेर शहर वा विदेश जानेहरुको खाली भएका जग्गामा व्यवसायिकरण गर्नुपर्ने बताए । पहाड तथा मधेशमा खाली भएका जग्गामा विज्ञले नयाँ डिजाइन गरेर महँगा जातका फलफूलको व्यावसाहिक खेती गर्ने व्यवस्था गर्नुपर्ने बताए । धान र गहुँको मात्रै खेती गरेर दीगो जीविकोपार्जन गर्न नसकिने उनको भनाइ छ । सरोकारवालाहरुले जलवायु परिवर्तनका कारण रोजगारी घट्ने क्रम बढेकाले मजदुरको रोजगारी सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । जलवायुको परिवर्तन र असरका बारेमा जनचेतनामुलक कार्यक्रम तल्लो तहका मजदुरहरुसम्म पु¥याउनुपर्ने उनीहरुको भनाइ छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar