|  

नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन

९ चैत, काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न माग गर्दै र्‍याली निकालेका छन्।

शनिबार काठमाडौँको सामाखुसीबाट नारायणहिटीसम्म ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्न’ भन्दै जनदबाबस्वरुप र्‍याली निकालिएको हो । र्‍यालीका क्रममा राजावादीहरूले ‘नारायणहिटी खाली गर’,‘हाम्रो राजा हाम्रो शान’, ‘राजसंस्था जिन्दाबाद’, ‘राजा आउ देश बचाउ’ जस्ता नाराहरू पनि लगाएका थिए।

र्‍याली अघि बढ्ने क्रममा प्रहरीले पटक-पटक अवरोध गरेको थियो। यसअघि फागुन २५ गते पोखराबाट पूर्वराजा शाह फर्किँदा काठमाडौँमा भव्य स्वागत गरिएको थियो। आज शनिबार काठमाडौँमा प्रदर्शन भइरहँदा पूर्वराजा भने गोरखा भ्रमणमा छन्।