१० चैत्र, काठमाडौं । भारतमा शनिबारदेखि सुरु भएको १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् ।
आजको पहिलो खेलम साविक उपविजेता सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्ने छन् । खेल अपराह्न पौने ४ बजेदेखि हैदराबादमा सुरु हुनेछ । त्यस्तै आजको दोस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्ने छन् ।
५–५ पटकका विजेता यी दुई टोलीबीचको खेल चेन्नईमा बेलुकी पौने ८ मा सुरु हुनेछ । यसअघि शनिबार भएको पहिलो खेलमा साविक विजेता कोलकाता नाइट राइडर्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरुले विजयी सुरुवात गरेको छ ।