१० चैत्र, काठमाडौं । महोत्तरीमा एक जना पुरूषको हत्या भएको छ ।
शुक्रबार साँझ साढे ५ बजे गौशाला नगरपालिका–८मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शव फेला परेको हो।मृतक धनुषा क्षिरेश्वर नगरपालिका–८ दिगम्बरपुरका शिवशंकर महतो हुन्।
महतोको शव विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको हो । उनको टाउकोमा खुकुरीले प्रहार गरेको र जलाएको समेत अवस्थामा रहेको अवस्थामा फेला परेको हो ।