१० चैत्र, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष निर्णयपछि रोकिएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट परियोजनाले निरन्तरता पाउने भएको छ ।
अमेरिकाले एमसीसी नेपाल कम्प्याक्टका केही कार्य अघि बढाउन अनुमति दिइसकेको नेपालस्थित कार्यालय स्रोतले जानकारी दिएको छ ।
अमेरिकाले जनवरी २० अर्थात् पुस ७ गते ९० दिनको कार्यकारी आदेशानुसार रोकिदिएको थियो ।
अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्त्वपूर्ण खरिद कार्यहरू र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्यहरू रहेका छन् । कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको एमसीए–नेपालले बताएको छ ।