१० चैत्र, काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको घटनासम्बन्धी अनुसन्धानमा सिबिआईले अदालतमा क्लोजर रिपोर्ट दर्ता गरेको छ ।
४ वर्ष ६ महिनामा सिबिआईले क्लोजर रिपोर्ट निकालेको हो । उक्त रिपोर्टमा आत्महत्याको लागि सुशान्तलाई उकास्ने कुनै प्रमाण नभएको उल्लेख छ । यसअघि एम्सको टिमले पनि आफ्नो रिपोर्टमा यही निष्कर्ष निकालेको थियो ।
सुशान्त सिंह राजपूत १४ जून २०२० मा बान्द्रामा आफ्नो घरमा मृत फेला परेका थिए। यस मामिला रिया चक्रवर्ती २७ दिन जेलमा बसेकी थिइन् । सिबिआईले आफ्नो रिपोर्टमा सुशान्त सिंह राजपूतको मृत्यु आत्महत्या नै भएको उल्लेख गरेको छ ।
अनुसन्धानको क्रममा उनी कसैबाट दबाबमा नरहेको पुष्टि गरिएको छ । सिबिआईले यस घटनामा षड्यन्त्रको कुनै संकेत नभएको र सुशान्तको सामाजिक सञ्जाल च्याटहरूमा पनि कुनै छेडछाड नभएको निष्कर्ष निकालेको छ।