१० चैत्र, काठमाडौं । भक्तपुरमा एक जना पुरूष मृत भेटिएका छन् ।
आइतबार बिहान मध्यपुर ठिमी नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङमा एक जना पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । मृतक खोटाङ केपिलासगढी गाउँपालिका–२ घर भई बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राई हुन्।
उनी कवाडी सामान टिप्ने काम गर्थे। घटना शंकास्पद छ। राईको कानको छेउ र टाउकोमा चोट देखिएको छ।घटनास्थल नजिकैबाट रगत लागेको ढुंगा बरामद गरेको छ ।