|  

गीतकार शशी शर्माकाे नयाँ गित बजारमा

१० चैत, काठमाडौँ । गीतकार शशी शर्मा मजगैयाँको नयाँ गीत ‘के छ ओइ सान्नानी तिम्रो चालिमाली’ सार्वजनिक गरिएको छ ।

प्रेमभावले भरिपूर्ण गीतमा समीक्षा अधिकारी र रुद्र शेखर शर्माको स्वर छ । गीतमा मजगैयाँले आफै सङ्गीत भरेका छन् । गोविन्द अनेकले रेकर्ड गरेको गीतको सङ्गीत संयोजन विशाल निरौलाले गरेका छन ।क्रान्ति केसीद्वारा निर्देशित गीतको भिडियो छायाङ्कन अर्जुन तिवारीले गरेका छन् । ललितपुरको बज्रबाराहिमा खिचिएको गीतमा अहिलेका चर्चित मोडेलहरू सुधीर श्रेष्ठ र उषा उप्रेतीले अभिनय गरेका छन् । 

गजलकार मजगैयाँका यस अघि केही गीत गजलका एल्बम तथा किताबहरू प्रकाशित छन् । उनका केही फुटकर आधुनिक तथा फिल्मी गीतहरू चर्चामा रहेका थिए ।