|  

नेप्सेमा ५३ अंकको गिरावट, सबै समूह राताम्मे

१० चैत, काठमाडौँ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पहिरो गएको छ । आज नेप्सेमा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार ३६५ रुपैयाँको शेयर कारोबार हुँदा नेप्से ५३.०४ अंकले घट्यो । 

शेयर बजार घट्दा नेप्से २६१६.२६ अंकमा आइपुगेको छ भने पुँजीकरणमा समेत १.९८ प्रतिशतले घटेको छ । आज नेप्सेमा भएको शेयर कारोबारमा २३० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य बढ्यो ।

आज भएको शेयर कारोबारमा सबै उपसमूहका सूचकमा गिरावट आएको छ । तर, आज नेप्सेमा कुथेली बुखारी स्माल हाइड्रोपावरका शेयर कारोबारीले सबैभन्दा धेरै मुनाफा आर्जन गरेका छन् ।

त्यस्तै, आज नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्थाका शेयर कारोबारीले सबैभन्दा बढी गुमाएका छन् ।